विप्लव समूहले राख्यो मिटरब्याजीको घरमा कालो झण्डा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विप्लव समूहले राख्यो मिटरब्याजीको घरमा कालो झण्डा


३ असार २०८०, आइतबार


काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ ।

खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी–१, पशुपति टोलमा रहेको उनको घरमा शनिबार कालो झन्डा र ब्यानर राखेको हो ।

नेकपा कैलालीका इन्चार्ज प्रकाश मल्लले मिटरब्याजका नाइके खानले थुप्रै सर्वसाधारणलाई घरबारविहीन बनाएकाले घर ‘कब्जा’ गरिएको बताए । मिटरब्याजपीडितलाई समेत लगेर खानको घरमा झन्डा गाडिएको र पीडितको सम्पत्ति, पैसा फिर्ता नगरे उनीमाथि थप कारबाही गरिने उनले बताए । मुनिरले सम्पत्ति हडपेको भनेर ३५ जना सर्वसाधारणले पार्टीमा निवेदन दिएको नेकपाले दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस