आज नेपालले विश्वकप छनोटका लागि जिम्बाब्बेसँग खेल्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज नेपालले विश्वकप छनोटका लागि जिम्बाब्बेसँग खेल्दै


३ असार २०८०, आइतबार


काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।

नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दै छ । समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ।

टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडिआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडिआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन्।

नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। विश्व कप खेल्ने आठ टिमको यसअघिनै टुङ्गो लागिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस