ललितपुरमा बस दुर्घटना, १९ जना घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते


२ असार २०८०, शनिबार


काठमाडौँ । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

बसमा २४ जना यात्रु सवार थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस