भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा


२ असार २०८०, शनिबार


महेन्द्रनगर । विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, ‘त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।’

जमिन नाप जाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस