त्रिवि सेवा आयोगको अध्यक्षका लागि सिफारिस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

त्रिवि सेवा आयोगको अध्यक्षका लागि सिफारिस


१ असार २०८०, शुक्रबार


काठमाडौँ। सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

११ महिनादेखि त्रिवि सेवा आयोगको अध्यक्ष पद रिक्त रहेको छ । आयोगको अध्यक्ष नहुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन रोकिएको छ ।

नयाँ नियुक्ति नहुँदा त्रिविले त्रिविले आवश्यक जनशक्ति ठेक्का र सेवा करारमा लिएर काम चलाइरहेको जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस