बजेटको नाममा पक्षपात र ठालूतन्त्रको अभ्यास भयो : एमाले सांसद थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बजेटको नाममा पक्षपात र ठालूतन्त्रको अभ्यास भयो : एमाले सांसद थापा


१ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धनको नाममा बजेटमा संविधान विपरीत काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयमा रकम एकमुष्ट नखुलाई नेताहरूको नाममा नेतापिच्छे बजेट परेको बताए ।

उनले भने ‘ गठबन्धनको नाममा संविधान विपरीत काम गर्न पाइन्छ की पाईँदैन् ? यस्ता विषय र धेरै विषयहरूको लागि बजेट विनियोजन खास गरी भौतिक मन्त्रालयहरूमा एकमुष्ट शीर्षक नखुलेका एकमुष्ट रकमहरू छुट्याउने, नेता पिच्छे नेताहरूको नाममा २ पेजसम्मको कार्यक्रम परेको छ। अझ बजेट नछुट्टाएको एकमुष्ट विनियोजन गर्ने र राख्ने संसद्लाई छलेर संसदको आँखामा छारो हालेर आफू खुसी आफ्नो निर्वाचन क्षेत्रमा स्वार्थको योजनाहरूमा बजेट छुट्याउने जुन खालको रवैया छ यस्तो रवैया खेदजनक छ यो लोकतान्त्रिक हाईन्। यो कुलिनतन्त्रलाई बिर्साउने यो ठालूतन्त्र मुर्दावाद भन्न चाहन्छु ।

बजेटको नाममा जुनखालको पक्षपात र ठालूतन्त्रको अभ्यास भईरहको छ यसलाई सच्चाईयोस ।

Tags :
प्रतिक्रिया दिनुहोस