जसपाले बोलायो केन्द्रीय समिति बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपाले बोलायो केन्द्रीय समिति बैठक


१ असार २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारी गर्न असार ९ गते बिहान १० बजेका लागि बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरूले पठाएका सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले असार १०, ११ र १२ गते काठमाडौँमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागी हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरू छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरू स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस