काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ। यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटउपर छलफल गरिएको थियो ।
