काठमाडौँ । एसइई तथा कक्षा १२ को रिजल्ट नआउँदै विभिन्न निजी विद्यालयहरूलाई सहभागी गराई भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले बन्द गरेको छ।
मेयर बालेन्द्र साहको निर्देशनपछि नतिजा नआउँदै विद्यार्थी र अभिभावक प्रलोभनमा पार्न तथा तान्नको लागि गरिएको मेला बन्द गरिएको महानगरले जनाएको छ। पछिल्लो समय महानगरले सामुदायिक विद्यालय सुधार र निजी विद्यालयलाई नियमन गर्न थालेको छ।
हरेक वर्ष शैक्षिक मेलाको नाममा विद्यार्थीबाट चर्को शुल्क लिने र नतिजा अगावै भर्ना तथा बुकिङ गर्ने निजी विद्यालयमा महानगरले निगरानी पनि बढाएको महानगरका शिक्षा विभागले जनाएको छ ।