पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अनिश्चित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अनिश्चित


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । विद्यार्थी सङ्गठनहरूले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ ।

सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै उनीहरूले ताला लगाएका हुन् ।

२८ जेठमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने मेडिकल शिक्षा र १० असारबाट हुने व्यवस्थापन संकायको परीक्षा अनिश्चित भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस