काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनको नक्सापास भए/नभएको बारे स्पष्टीकरण मागेको छ ।
प्राधिकरणले काठमाडौँ महानगरपालिका-९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ ।
“काठमाडौँ वडा नम्बर–९, सिनामंगलस्थित त्यहाँ प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ/छैन ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।
महानगरको सहरी व्यवस्थापन विभागले नक्सापास गरेको भए प्रमाण र नगरेको भए ३५ दिनभित्र नक्सापास गर्न भनेको छ ।