संसद् भवनअगाडि अधिकारकर्मी पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

संसद् भवनअगाडि अधिकारकर्मी पक्राउ


३२ जेष्ठ २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । संसद् भवनअगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्रष्ट नेता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो । मानवअधिकार तथा शान्ति समाजको आह्वानमा उनीहरूले प्रदर्शन गरेका थिए ।

‘सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस् । सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

यस्तै, ‘चुरे ध्वस्त पार्न पाइँदैन : मधेस मारा नीति चाहिँदैन’, ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ ? भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’ लगायत प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, डा. केदारनरसिंह केसी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारालगायत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस