विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको सामूहिक छलफल हुने बताए ।

प्रतिनिधि सभाको यसअघिका बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सम्पन्न भएको थियो । सरकारले यही जेठ १५ गते संसद्मा आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस