निगमले ४ अर्ब कमायो भनेर भ्रम छरियो : प्रेम आले « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निगमले ४ अर्ब कमायो भनेर भ्रम छरियो : प्रेम आले


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले वायुसेवा निगमले ४ अर्ब कमायो भनेर भ्रम छरेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो आरोप लगाएका हुन्। उनले यसरी झुट बोली जनतामा भ्रम छर्न नपाइने पनि बताएका हुन् ।

आलेले भने, ‘वायु सेवा निगमले तीन महिनामा ४ अर्ब कमायो भनी सञ्चारमाध्यममा झुट बोलेको सुनियो। यसरी जनतामा भ्रम छर्न पाइँदैन। यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्थाबारे स्पष्ट जानकारी गराइयोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस