जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका-९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ।

बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको छ ।

वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस