५४ लाखको सुनसहित एक जना पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

५४ लाखको सुनसहित एक जना पक्राउ


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार काठमाडौँबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको हो ।

जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात् ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।

डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस