महिला इमर्जिङ कप : आज नेपाल र पाकिस्तान भिड्दै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

महिला इमर्जिङ कप : आज नेपाल र पाकिस्तान भिड्दै


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज मंगलबार नेपाल र पाकिस्तानको ए टोली खेल्दैछन् ।

खेल हङकङको मङकङ क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ७ बजे सुरु हुँदैछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । दोस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।

प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस