२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुहानै सुकेपछि दमकलबाट पानी वितरण 

अ+ अ-

काठमाडौँ । यस पटकको सुख्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ।

उदयपुरगढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा मुहान सुकेर गाउँमा हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण सुरु भएको छ।

स्थानीय राधाकुमारी मगरका अनुसार स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङ्की रित्तै भएपछि गाउँमा पानीको हाहाकार भएको हो।

एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताइन्।

उदयपुरगढी–७ का वडाध्यक्ष भुवन मगरलेका अनुसार वडाका करिब ५० घरपरिवार पानीविहीन भएका छन्।

‘पानी नभएपछि संघीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ,’ उनले भने।

आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको उनले बताए।

प्रदेश सभा सदस्य बुर्जा मगरले आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यनाथ खोलाको पानी दिनमा पाँचरछ पटकसम्म बोकेर वितरण गरेको बताए।

यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए।

प्रतिक्रिया दिनुहोस