२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर वृद्धि तथा छुटको औचित्य हुनुपर्छ : गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमार्फत दिइएका कर वृद्धि तथा छुटको औचित्य हुनुपर्ने बताएका छन् । 

प्रतिनिधि सभामा बजेटमाथि छलफलमा बोल्दै सांसद थापाले बजेटमा करका दर हेरफेर गर्न पाइने भए पनि तिनको औचित्य हुनुपर्ने बताएका हुन् ।

 ‘करको दरमा कसैलाई छुट दिँदा छुटको भार कति पर्‍यो, के आधारमा छुट दिएँ भन्नेबारे स्पष्ट रूपमा संसदमा आउनुपर्छ’ थापाले भने ।  

बजेटका कतिपय उद्देश्य सही भए पनि कार्यान्वयन प्रत्युत्पादक हुन सक्ने खतरा हुने उनले बताए । ‘बजेटबाट आलु, प्याजमा भ्याट लगाउँदा किसानले मूल्य पाउने वा स्वदेशी उत्पादनले बजार पाउने लक्ष्य होला, तर भोलि किसानले बजार पनि नपाउने र उपभोक्ताको भान्सा पनि महँगिने अवस्था आयो भने थप प्रत्युत्पादक हुन्’ थापाले भने ।

बजेटको आकारसँगै राजस्व लक्ष्य अवास्तविक रहेकाले स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘कार्यान्वयन गरेर परिणाम ल्याउने हो भने बजेटको आकार अवास्तविक छ भन्ने मानेर बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेटका अपेक्षा कार्यान्वयन गर्न सजिलो हुन्छ’ थापाले भने । बजेटको आकारजस्तै राजस्वको लक्ष्य पनि आगामी वर्ष भेट्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘यो आर्थिक वर्षमा जसरी राजस्व उठिरहेको छ, जुन संशोधन गरेपछिको पनि भेट्दैन, अब रातारात हाम्रो आर्थिक व्यवहारमा के परिवर्तन हुनेछ ?’ उनले प्रश्न गरे । यसअघि आयात नियन्त्रण गर्दा वैदेशिक मुद्रा सञ्चिति बढे पनि राजस्व घटेको उल्लेख गर्दै उनले करिब ३० प्रतिशत राजस्व बढाउने अनुमानको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । बहुमतको सरकारले बजेट ल्याएपछि संसदबाट जस्ताको तस्तै पारित हुने तर तिनको कार्यान्वयन भए/नभएका सम्बन्धमा जबाफदेही बन्नु नपर्ने परिपाटी रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस