काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आज (शुक्रबार) बस्ने भएको छ ।
बैठक बिहान साँढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ । यस्तै चलायमान र सुदृढ सङ्गठन निर्माणका विविध विषयमा पनि छलफल हुने छ ।