काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद ऋषिकेश पोखरेलले जनतालाई सेवा दिन नसक्ने निकायलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले कम्तीमा २४ घण्टाभित्र सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
जनतालाई छिटोछरितो सेवा दिनुको सट्टा राज्यका निकायले नै अनेक बहानामा झुलाउने र टार्ने काम गर्दै आएको भन्दै त्यस्ता निकायलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २५ गते बिहीबार ११ बजे बस्नेछ ।