काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले संसदमा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा उठाएको दाबी गरेका छन्।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको बताए।
‘अखण्ड भारतको नक्साबारे कुरा भयो मैले गम्भीर रूपले नै। धेरै अध्ययन भइसकेको त थिएन तर, पनि जसरी मिडियामा आएको थियो त्यसरी नै मैले प्रश्न गरेँ के हो यो नक्सा नयाँ संसद् भवनमा ? भनेर मैले सोधे’ उनले भने, ‘तर, उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन ऐतिहासिक र सांस्कृतिक नक्सा हो यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो योबारे अध्ययन गर्न बाँकी छ। मैले कुरा उठाएको हो।’