काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन सबै सरकारी (सामुदायिक) विद्यालयलाई निर्देशन दिएको छ।
शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले सरकारी विद्यालयका शिक्षकको दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा अगाडि बढेको जानकारी दिए।
‘कार्यविधि तर्जुमा अगाडि बढिरहेकाले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि प्रधानाध्यापकसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउनु हुन सूचित गरिन्छ,’ निर्देशन पत्रमा भनिएको छ।
महानगरपालिकाको जेठ १ गतेको बैठकको निर्णयअनुसार यस्तो सूचना जारी गरिएको महानगरपालिकाले जनाएको छ।