काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको खोजी गरेका छन् ।
भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका उनले सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि सत्ता र प्रतिपक्षीका नेताहरू उपस्थित हुने परम्परा रहेको बताउँदै भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’ उनी बोल्दाबोल्दै ओली आइपुगे र प्रचण्डले खुसी व्यक्त गरे ।