२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निक्षेपको ब्याजमा १ प्रतिशत कर बढाउँदा ३ अर्ब बढी राजस्व सङ्कलन हुने

अ+ अ-

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०-८१ देखि सर्वसाधारणले बैंकमा राखेको निक्षेपबाट पाउने ब्याज एक प्रतिशत बढाउँदा थप ३ अर्ब राजस्व सङ्कलन हुने भएको छ । 

यसअघि सर्वसाधारणको निक्षेपमा ५ प्रतिशत कर लाग्दै आएकोमा आव २०८०-८१ को बजेटबाट त्यसलाई बढाएर ६ प्रतिशत पुर्‍याएको छ ।

सरकारले संस्थागत निक्षेपकर्तालाई लाग्दै आएको ब्याजमाथिको करलाई भने १५ प्रतिशतमा यथावत राखेको छ । 

अहिले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप करिब ३६ खर्ब रहेको छ । हाल व्यक्तिगत निक्षेपको औसत ब्याजदर ८ प्रतिशत रहेकाले सो निक्षेपबाट सर्वसाधारणले २ खर्ब ८८ अर्बको हाराहारीमा ब्याज पाउँछन् । हालको ५ प्रतिशतको दरले ब्याजकर लाग्दा वार्षिक १४ अर्ब ४० करोड सङ्कलन हुन्थ्यो । तर, अब ६ प्रतिशत कर लाग्दा कुल कर १७ अर्ब २८ करोड हुन आउँछ । यसरी ब्याजको करमा एक प्रतिशतले वृद्धि हुँदा २ अर्ब ८८ करोड रुपैयाँ थप कर सरकारले उठाउने भएको हो । तर, आगामी आवमा निक्षेपको आकार बढ्ने हुँदा कर रकम पनि बढ्नेछ ।

चालु आव २०७९-८० को चैतसम्ममा सरकारले ब्याजदरबाट २५ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तर, त्यो संस्थागत निक्षेपको ब्याजमा लाग्ने कर समेत हो । संस्थागत निक्षेपकर्तालाई लाग्ने ब्याजकर सर्वसाधारणलाई लाग्ने भन्दा ३ गुणा बढी हुने हुँदा संस्थागत निक्षेपको ब्याजदरबाट उठ्ने राजस्व पनि बढी हुन्छ ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरूको कुल निक्षेपमा सर्वसाधारणको निक्षेपको हिस्सा ६०.८९ प्रतिशत रहेको छ । गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ८४ अर्ब पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । जसमध्ये ३४ खर्ब ३० अर्ब रुपैयाँ व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । यसबाहेक लघुवित्त वित्तीय संस्थाले सदस्य बचतकर्ताबाट सङ्कलन बचतमा समेत ५ प्रतिशत लाग्दै आएको ब्याजदर ६ प्रतिशत पुगेको छ । लघुवित्त संस्थाले चैत मसान्तसम्म १ खर्ब ६७ अर्ब रुपैयाँ बचत सङ्कलन गरेका छन् । यसरी चैत मसान्तसम्म वित्तीय प्रणालीमा व्यक्तिगत निक्षेप ३७ खर्ब ९७ अर्ब रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस