एमालेले दियो ६ उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमालेले दियो ६ उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मा


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष र सचिवहरूको कार्य विभाजन गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मा दिएको छ ।

योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र सङ्गठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।

यस्तै सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल तोकिएकी छन् । कर्णाली इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।

बाग्मती प्रदेश भने केन्द्रीय कार्यालयले संयोजन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस