वैवाहिक बन्धनमा बाँधिइन् सोविता गौतम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैवाहिक बन्धनमा बाँधिइन् सोविता गौतम


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

सोविता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस