२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्याट फिर्ता गर्न नाट्टाको माग

अ+ अ-

काठमाडौँ । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ति जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको टिकट फिर्ता गर्न माग गरेका हुन् । ‘विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,’ अध्यक्ष थापाले भने ।

नाट्टाले कोरोना महामारीपछि तङ्ग्रिँदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महँगो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महँगो पर्ने र यात्रुले खरिद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ । पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ ।

बजेटले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ । नाट्टाले सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रूपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको जनाएको छ । निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नति गर्ने, सांस्कृतिक सम्पदाको पुनः निर्माण गर्ने, नयाँ गन्तव्य स्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको अध्यक्ष थापाले बताए ।

गत आर्थिक वर्षको तुलानामा आव २०८०/८१ का लागि पर्यटन क्षेत्रमा दुई अर्ब ५० करोडभन्दा बढी रकम थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुसीको कुरा भएको नाट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस