डोटी । जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तर जिल्ला स्तरीय सुरक्षा तथा समन्वय बैठक डोटी जिल्लाको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र पुन्नामा शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा सम्पन्न समन्वय बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै सबै जिल्लाका साझा सवालहरूको बारेमा व्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग सञ्चालन, अन्तर जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापन, अवैध हातहतियार तथा लागूऔषध नियन्त्रण, बन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एक आपसमा समन्वय, सहकार्य र सहजीकरणको बारेमा छलफल गरिएको समेत प्रजिअ श्रेष्ठले बताइन् ।
समन्वय बैठकमा सुदूरपश्चिमका डोटी, अछाम, डडेलधुरा, बैतडी, र कैलालीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।


