नागरिकको जीवनस्तरमा सुधार नआए गणतन्त्रको औचित्य छैन : प्रधानमन्त्री « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नागरिकको जीवनस्तरमा सुधार नआए गणतन्त्रको औचित्य छैन : प्रधानमन्त्री


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताए ।

उनले नागरिकको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे। उनले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस