२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालको सेवा एक साताभित्र सुधार गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर शुक्रबार काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस गर्ने गरी र सुधार भएको देखिने गरी सेवा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका हुन् । 

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए।

वीर अस्पताल देशको लिडर अस्पताल भएको भन्दै मन्त्री बस्नेतले वीरको सेवामा तत्काल सुधार हुनैपर्ने बताए । 

वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमानदार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ। 

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी गराएका थिए।

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्त्वपूर्ण विभागहरूको निरीक्षण गरेका थिए। 

मन्त्री बस्नेतले टिकट काउण्टरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन्।

त्यसैगरि अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्नसमेत मन्त्रीले निर्देशन दिएका छन्। वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसियू एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए ।

देशभरि मिर्गौला फेल हुने बिरामीहरूको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस