काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हेर्नुस् सूचना:
