२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लखनउलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

अ+ अ-

काठमाडौँ । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो। मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र बनायो।

लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए। सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलव २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो।

तेस्रो विकेटका लागि कप्तान कुर्नाल पान्ड्या र मार्कस स्टोयनिसले ४६ रनको साझेदारी गरे। दीपक हुडाले १३ बलमा १ छक्काको सहयोगमा १५ रन बनाए। ओपनर कायल मेयर्सले १३ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए।

लखनउका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। दशौं ओभरमा आकाश मधवालले लगातार दुई विकेट लिएसँगै मुम्बई खेलमा हाबी भएको थियो।

मुम्बईका लागि आकाश मधवालले ३ दशमलव ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए। क्रिस जोर्डन र पीयुष चावलाले समान १र१ विकेट लिए। लखनउका तीन ब्याटर रन आउट भएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो। मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए। अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे।

लखनउका नवीन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए। यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। मोहसिन खानले एक विकेट आफ्नो नाम गरे।

ईलिमिनेटर खेलमा लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। ईलिमिनेटर खेलमा पराजित लखनउ भने यस प्रतियोगिताबाट बाहिरिएको छ।

मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ। फाइनल खेल आगामी आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस