२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनमा छेडखानी नगर्न पूर्वप्रधानमन्त्री तथा मन्त्रीलाई रविको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूले संसदमा एक अर्काप्रति छेडखानी गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले गम्भीर विषयमा छलफल गर्नुपर्ने संसद्मा यस्ता छेडखानी आवश्यक नभएको बताए ।

उनले ३० वर्षमा के के गरे भनेर बहस गर्न मन भए आ–आफ्नो घरमा गएर चिया पिउँदै छेडखानी गर्न अनुरोध गरे । उनले चिया खाने ठाउँ नभए आफूहरूकहाँ आउन भन्दै व्यङ्ग गरे ।

“यो ३० वर्षको मूल्याङ्कन गर्न संसद्मा उभिएर तपाईँहरूले एक अर्कालाई छेडखानी गर्नुपर्दैन । एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुहोस् । यो महत्त्वपूर्ण संसद्लाई त्यसको दुरुपयोग नगर्नुहोस्,” उनले भने, “चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुहोस् । चिया खाने थलो परिवर्तन गर्नुहोस् । नयाँ दल, नयाँ सांसदहरूलाई भेटघाट गर्नुहोस्, त्यसरी अभ्यास गर्नुहोस् ।”

उनले नीति तथा कार्यक्रम फगत खपतका लागि मात्र आएको बताए । गठबन्धन सरकारले गएकै वर्षको नीति कार्यक्रमलाई निरन्तरता दिएको भन्दै उनले भएका छलफल र संशोधनहरूको सम्बोधन नहुने भए किन छलफल गर्नुपर्‍यो भन्ने प्रश्न गरे । उनले संसद्मा कसले राम्रो बोल्ने भन्ने वक्तृत्वकला मात्र भएको भन्दै गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस