२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै भुटानी शरणार्थी सडकमा 

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन्। 

मोरङको पथरीशनिश्चरे शिविर क्यापमा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरूको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ।

पथरीशनिश्चरे-१० मा रहेका भुटानी शरणार्थीले भुटानीप्रति भएको बेइमानी, शरणार्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनः स्थापना गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन्। 

सोझा जनतालाई अमेरिका पठाउने प्रलोभनमा पारेर नेपालका विभिन्न स्थानबाट करोडौँ ठगी गर्ने गिरोह धमाधम पक्राउ पर्न थालेपछि यसको प्रतिकार स्वरूप विभिन्न क्षेत्रमा विरोध आन्दोलन भइरहेका छन्।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थी विरोधमा उत्रिएका हुन्। 

आज वाइएफसी पथरीशनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध र्‍यालीमा शरणार्थी समस्या समाधान गर कि गरेर खाने अधिकार देऊ नत्र गाँस, बाँस, कपास देऊ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनः स्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

पथरीशनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्‍यालीले भुटानी शरणार्थी शिविर परिक्रमा गरी वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा गरेको छ। 

कोणसभामा सामाजिक अभियन्ता प्रदीपकुमार राई र शान्ति पाख्रिनले शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनः स्थापनाको बाटो बन्द गर्ने कोसिस गरेको बताए। 

शनिश्चरे शिविर क्यामका सहसचिव राम बानियाँले देशमा बेतिथिले पराकाष्ठा पार गरेको भन्दै यो अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले भुटानीको समस्या र यस्तो बेथिति न रोकेसम्म सङ्घर्ष जारी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस