कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्ने बुढामगरलाई राष्ट्रपतिको बधाई  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्ने बुढामगरलाई राष्ट्रपतिको बधाई 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।

राष्ट्रपति पौडेलको बधाई सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रमबीच बुढामगरलाई हस्तान्तरण गरेका हुन्। ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्धमैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेका विश्वकीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने राष्ट्रपतिको बधाई सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस