२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवाबारे प्रष्टीकरण माग्दै गाउँपालिकामा तोडफोड

अ+ अ-

काठमाडैँ । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बाराको सुवर्ण गाउँपालिकामा तोडफोड भएको छ ।

३ गते गरिएको शिक्षकहरूको सरुवालाई लिएर आज (सोमवार) तोडफोडसँगै आगजनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले प्रशासनलाई बताए । 

सरुवा गरिएका ९ जना शिक्षकमध्ये सुवर्ण-४ मा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एकबाल प्रसादका समर्थकहरूले गाउँपालिका कार्यालयमा तोडफोड गरेको उनको भनाई छ ।  

उनले भने, ‘सरुवा भएअनुसार सम्बन्धित ठाउँमा जान आग्रह गरेका थियौ, तर उहाँले विद्यार्थीहरू उचालेर गाउँपालिकामा तोडफोड गर्नुभयो ।’ उनले थपे,‘आगजनी भएको छ, धेरै क्षति भएको छ थप विवरण आउन बाँकी छ ।’

गाउँपालिकाको निर्णयविरुद्ध प्रदर्शन र तोडफोड भएपछि कार्यपालिकाको बैठक बसेको प्रमुख प्रशासकीय अधिकृत पालले बताए । उनले भने, ‘बैठक बस्दै छ अब के निर्णय हुन्छ । 

यस्तै शिक्षा शाखा प्रमुख विद्यानन्द प्रसाद यादवका अनुसार ३ गते सरुवा गरिएका ७ जना शिक्षकमध्ये राम एकबाल प्रसादसहित ७ जनाले सरुवापत्र लिइसकेका छन् । सरुवा भएको ठाउँमा जान तयार भएपछि यस्तो प्रदर्शन हुनु राजनीतिक हस्तक्षेप भएको उनले बताए । 

‘पत्र लिई सक्नुभएको छ, तर विद्यार्थीहरूलाई उचाली दिनुभएछ, उनीहरूले तोडफोड कम्प्युटर देखी फर्निचर, मोटसाईकल, गाउपालकिाको टिप्पर लगायतमा तोडफोड गर्नुभएको छ, यो राजनीतिक खिचातानी हन सक्छ नत्र नत्र उहाँ पत्र लिएर हि जानुभएको हो ।’ उनको भनार्ई छ । 

आन्दोलनकारीहरूले गाउँपालिकाको कार्यालयमा तोडफोड गर्दा छ वटा मोटरसाइकल, कार्यालयको कम्प्युटर, फर्निचरलगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

यता शिक्षक राम एकवाल प्रसादले भने आफूले कुनै विद्यार्थीहरूलाई नउचालेको दाबी गरेका छन् । हिजो पत्र बुझी सकेपछि आज आफू घरमै रहेको जानकारी दिँदै उनले भने, ‘हिजो पत्र बुझी सकेर आज म घरबाट म नस्कीएकै छैन, म कसरी बिद्यार्थीहरुदलाई उचाल्न सक्छु ।’ 

विद्यार्थीहरूले शिक्षक सरुवा गर्नुको कारण खोजेका उनको भनाई छ । उनले भने, ‘मैले सुने अनुसार विद्यार्थीहरूले सरुवाको कारण के हो भनी स्पष्टीकरण मागेका छन् रे..।’

गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एकबाल प्रसादको सुवर्ण-४ कै देवापुर बहअर्वामा सरुवा गरेको छ । 

प्रतिक्रिया दिनुहोस