काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा जाने भएका छन् ।
शुक्रबार स्विजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको ७६ औँ महासभामा भाग लिन स्वास्थ्य मन्त्री बस्नेत र सचिव डा. विकास देवकोटासहितको ६ सदस्य टोली जान लागेको हो ।
जेनेभामा मे २१ देखि ३० सम्म एसेम्बली चल्ने छ । महासभाको मुख्य एजेन्डा सङ्गठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने रहेको छ ।