कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेश सभाको बर्खे अधिवेशनको आह्वान गरिएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो।

प्रदेश सरकारको मागबमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १० गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्।

यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिनेछ। अधिवेशनले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस