हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

यही जेठ २२ गतेदेखि १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरको लागि यसले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ ।

वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस