ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ। ​लिगको दोस्रो लेगअन्तर्गत आज शुक्रबार तीन खेल हुन लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार छैटौँ जितको योजनामा छ। खुमलटार १८ खेलमा १७ अङ्क जोडेर पुछारमा रहेको छ।

सातौँ जितको खोजीमा रहेको आर्मी १८ खेलमा २५ अङ्क जोडेर छैटौँ स्थानमा छ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ। १८ खेलमा २२ अङ्क जोडेर दशौँ स्थानमा रहेको हिमालयन छैटौँ जितको खोजीमा हुनेछ।

एपीएफ १८ खेलमा २२ अङ्क जोडेर नवौँ स्थानमा छ।

साँझ ६ बजे दशरथ रङ्गशालामा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१८ खेलमा ३३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज दशौँ जितको योजनामा छ । पुलिस १८ खेलमा २२ अङ्क जोडेर १२ औँ स्थानमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस