लेखापरीक्षण प्रतिवेदनबारे जसपाले गर्‍यो आयोगलाई जानकारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लेखापरीक्षण प्रतिवेदनबारे जसपाले गर्‍यो आयोगलाई जानकारी


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएकोबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ । जसपाले २०७८-०७९ को लेखा परीक्षण प्रतिवेदनबारे आयोगलाई जानकारी गराएको हो । 

केही दिनअघि आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन निर्देशन दिएको थियो । 

सोहीअनुसार जसपाले प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस