२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति : राजेन्द्र लिङदेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति भएको बताएका छन्।

राप्रपाले बिहीवार काठमाडौँमा आयोजना गरेको भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा अध्यक्ष लिङदेनले जनता बेच्ने भ्रष्टाचार ठुला दलको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोड बलमा र विदेशीको चासोमा अगाडि बढेको बताए। उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए। उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्य द्रोह र राज्यविरुद्धको अपराध भएको बताए। उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसले उन्मुक्ति पाउनु नहुने बताए।

उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दा चल्नुपर्ने बताए। उनले अपराधमा संलग्नहरूलाई राज्यविरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपराधका मुद्दा चलाउन आग्रह गरे। उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए।

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठुल्ठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए। उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताए। उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो–चाँडो दण्डित हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस