काठमाडौँ जाने यात्रुलाई रामेछापमा अलपत्र छोडेर लुक्लाको उडानमा सिता एयर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ जाने यात्रुलाई रामेछापमा अलपत्र छोडेर लुक्लाको उडानमा सिता एयर


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरले यात्रुलाई रामेछाप विमानस्थलमा ओरालेर अलपत्र पारेको छ ।

बिहीबार (आज) बिहान लुक्लाकाट काठमाडौँको उडान भरेको सीता एयरको (एन–एजेएच) जहाज काठमाडौँको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो ।

रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौँ जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस