काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सार्वजनिक शिक्षालाई सुधार गर्दै सीपमूलक शिक्षामा केन्द्रित भएको बताएका छन् ।
संसद्मा नेपाली काँग्रेसकी सांसद इश्वरी न्यौपानेले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।
“सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा सञ्चालन गरी स्वदेशमै रोजगारी र गुणस्तर सुधार सरकारको प्राथमिकता हो,” प्रधानमन्त्रीले भने, “शिक्षकको क्षमता वृद्धि गर्दै, स्थानीय र प्रदेश सरकारसँग समन्वयमा गुणस्तर अनुगमन र सुधारको काम भइरहेको छ ।”
उनले आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्म ९०३ अर्ब रेमिट्यान्स भित्रिएको र ६७ अर्ब ९ करोड रुपैयाँ विद्यार्थी पढ्नका लागि विदेश जाँदा बाहिरिएको जानकारी दिएका छन् ।