इन्डियन प्रिमियर लिग : दिल्लीले पन्जाबलाई १५ रनले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : दिल्लीले पन्जाबलाई १५ रनले हरायो


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । दिल्ली क्यापिटल्ससँग पराजित हुँदै पन्जाब किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को समूह चरणबाट नै बाहिरिएको छ ।

धर्मशालामा रहेको एचपीसीए मैदानमा पन्जाब किंग्स दिल्ली क्यापिटलसँग १५ रनले पराजित भएको हो।

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अङ्कका साथ नवौँ स्थानमा रहेको छ ।

हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पन्जाब १३ खेलबाट १२ अङ्कका साथ आठौँ स्थानमा रहेको छ । v

Tags :
प्रतिक्रिया दिनुहोस