जनसेवा छिटो र प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई मुख्यमन्त्रीको निर्देशन  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनसेवा छिटो र प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई मुख्यमन्त्रीको निर्देशन 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन निर्देशन दिएका छन् । 

जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार गोरखाका कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । 

मुख्यमन्त्री पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याबिनेटबाट निर्णय गरिसकेको उनको भनाई छ । पाण्डे मुख्यमन्त्रीको पदबहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेशस्थित कार्यालयका प्रमुखहरूले गरेका थिए । 

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी व्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ । उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य सञ्चालनको माध्यम निर्माण गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस