त्रिभुवन विमानस्थलमा उडान प्रभावित, दुईवटा जहाज जनकपुर डाइभर्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलमा उडान प्रभावित, दुईवटा जहाज जनकपुर डाइभर्ट


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । 

आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

अन्य आन्तरिक उडान पनि प्रभावित भएको छन् । 

अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ओभर सुट गरिरहेका छन् ।

अहिले सबै उडान प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस