अबदेखि आधा उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने राप्रपाको निर्णय  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अबदेखि आधा उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने राप्रपाको निर्णय 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबदेखि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय गरेको छ।

प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो।

‘प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गरिनेछ,’ केन्द्रीय समिति बैठकपछि प्रवक्ता सगुनसुन्दर लावतीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष उमेरमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेसमेत निर्णय गरेको छ।

राप्रपाले ५ वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसमेत लिएको छ।

‘राप्रपालाई अब नवीन राप्रपाको अवधारणाअनुसार युवा र महिला केन्द्रित नयाँ सोच र शैली अनुसरण गर्दै आम नागरिकमा आशा, भरोसा र विश्वास जगाउँदै ५ वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य लिइएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस