पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षारोपणसमेत गरेकी छन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपिन् । पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपे ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरिन् । विसं २०५० जेठ ३ गते चितवनको दास ढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

एमाले र नेकपा(एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस